विश्वकप क्रिकेट : न्यूजिल्यान्डविरुद्ध क्विन्टन डे ककको शतक

नेपालभ्युज

विश्वकप क्रिकेट : न्यूजिल्यान्डविरुद्ध क्विन्टन डे ककको शतक
तस्वीर स्रोतः क्रिकेट साउथ अफ्रिका/फेसबुक

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्यान्डविरुद्ध क्विन्टन डे ककले शतक प्रहार गरेका छन्।

भारतको पुनेमा जारी खेलमा क्विन्टनले १०३ बलमा शतक प्रहार गरेका हुन्। उनले ८ चौका र ३ छक्का प्रहार गर्दै शतक पूरा गरे।

३५ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै क्विन्टनले शतक पूरा गरे। एकदिवसीयमा दक्षिण अफ्रिकाको लागि क्विन्टनको यो २१ औँ शतक हो। रसी भान डेर डुसेन र क्विन्टनले ब्याटिङ गरिरहेका छन्।

टस जितेर न्यूजिल्यान्डले बलिङ रोजेसँगै दक्षिण अफ्रिका ब्याटिङमा उत्रिएको हो। शान्दार ब्याटिङ प्रदर्शन गरिरहेको न्यूजिल्यान्डले ३७ ओभरमा १ विकेटको क्षतिमा २१४ रन बनायो।

कप्तान टेम्बा बभुमाले २४ रन बनाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved