श्वेता खड्काले ऋण नर्तिदा माझी बस्ती लिलामीको जोखिममा, समाजसेवाको प्रचार गरेर दिइनन् पैसा

घर निर्माणका लागि बैंकसँग लिएको करिब अढाइ करोड रुपैयाँको सावा तथा ब्याज लामो समयसम्म तिरिएको छैन। रकम फाउन्डेसनले तिरिदिने गरी भएको सम्झौता अनुसार ऋण प्रवाह भएको थियो।

नेपालभ्युज

श्वेता खड्काले ऋण नर्तिदा माझी बस्ती लिलामीको जोखिममा, समाजसेवाको प्रचार गरेर दिइनन् पैसा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ।

रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ। आकार एउटै र रङ पनि उस्तै भएको घर। एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरू चिटिक्कका छन्।

ती घर र त्यो बस्ती जति सुन्दर र चिटिक्क देखिन्छ, त्यसको कथा अहिले उत्तिकै कुरूप खालको छ।
२०७२को भूकम्पले तहसनहस बनाएको त्यो बस्तीकोे मुहार फेरियो। तर, माझी समुदायको दुख फेरिएन।

कारण हो, ऋण लिँदा बैंकसँग गरेको सम्झौता अनुसार स्वेताश्री फाउन्डेसनले किस्ता नतिर्नु । अभिनेत्री श्वेता खड्काले समाजसेवाको नाममा त्यहाँ सहयोग गर्न गएकी थिइन्। तर माझीहरूको घर भने बैंकबाट ऋण लिएर बनाइयो।

तत्कालीन लक्ष्मी बैंक चौतारा शाखाबाट प्रतिघर चार लाख रुपैयाँ थप ऋण लिइएको थियो। पुनर्निर्माण प्राधिकरणले दिएको जनही तीन लाख र बैंकको समेत गरी प्रतिघर लागत सात लाख रुपैयाँ पुगेको थियो। बैंकको ऋण समेतले बस्ती निर्माण सम्पन्न भएको थियो।

बैंकबाट ऋण लिँदा जग्गा धितो भने माझी बस्ती राखियो । माझीहरूकै जग्गा धितो र उनीहरूलाई सरकारले दिने राहत रकले घर बनाइयो। तर अभिनेत्री श्वेता खड्काले बस्ती आफूले बनाएको दाबी गरिरहिन्।

तर उनले समाजसेवाको प्रचार गरेर पैसा भने नदिएको माझीहरूको आरोप छ।
तर, अहिले बैंको ऋण नर्तिदा सिन्धुपाल्चोकको सिङ्गो माझी बस्ती लिलामीको जोखिममा पुगेको छ। लामो समयसम्म सावा तथा ब्याज

नपाएपछि बैंकले २०८० असोज ४ गते लिलामी प्रक्रियाको सूचना निकालेको थियो। बैंकको सूचनापछि स्थानीय ६० परिवारले उच्च अदालतमा लिलामी प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए। फाउन्डेसनले ऋणको किस्ता नतिरेपछि लक्ष्मी सनराइज बैंकले लिलामी सूचना निकालेको हो।

घर निर्माणका लागि बैंकसँग लिएको करिब अढाइ करोड रुपैयाँको सावा तथा ब्याज लामो समयसम्म तिरिएको छैन। रकम फाउन्डेसनले तिरिदिने गरी भएको सम्झौता अनुसार ऋण प्रवाह भएको थियो।

बैंकले जारी गरेको असोज ४ गतेको उक्त लिलामी प्रक्रियाको सूचना उच्च अदालत पाटनले कात्तिक २४ गतेसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो।

त्यहाँ रहेका ढुङ्गामाटोको दुई तले घर विसं २०७२ को भूकम्पले भत्कायो। त्यसपछि जस्ताले बारेको कटेरोमा रात बिताउन बाध्य भएका माझी बस्तीलाई पुनर्निर्माण गर्न भन्दै श्वेता गएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved