टी–२० विश्वकप एसियाली छनोट

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

नेपालका लागि अविनाश बोहराले ४ विकेट लिए । यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलका नाममा १–१ विकेट गयो ।

नेपालभ्युज

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

काठमाडौं। टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  मलेसियाले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा १६५ रन बनाएको हो।

मलेसियाका लागि सय्यद अजिजले सर्वाधिक ६८ रन बनाए । यस्तै जुबैदी जुल्किफ्लेले २४ रनको योगदान गरे ।

नेपालका लागि अविनाश बोहराले ४ विकेट लिए । यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलका नाममा १–१ विकेट गयो ।

विष्फोटक सुरुवात गरेको मलेसियालाई पछि नेपाली बलरले नियन्त्रणमा राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved