टी-२० विश्वकप एसियाली छनोट : ओमान र बहराइनको जित

नेपालभ्युज

टी-२० विश्वकप एसियाली छनोट : ओमान र बहराइनको जित

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा ओमानले सिंगापुरलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो। १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र १५२ रन बनायो। सिंगापुरको लागि सुरेन्द्रन चन्द्रमोहनले ४१ र मनप्रित सिंहले ३१ रन जोडे।ओमानको लागि बिलाल खान र फय्याज बटले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको ओमानले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १७४ रन बनायो। अकिब इलियासले ६३ र प्रतीक अथाभालेले ४२ रनको योगदान गरे। सिंगापुरको लागि भने जनक प्रकाशले, रमेश कालिमुथु र अनिश परमले २–२ विकेट लिए।

यस्तै, मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गर्यो। १४७ रनको लक्ष्य पछ्याएको हङकङले १९.१ ओभरमा १२६ रनमा अलआउट भयो। हङकङको लागि अन्शी रथले २८ र एजाज खानले १९ रन जोडे। बहराइनको लागि अब्दुल मजिदले ३ विकेट लिए।

पहिले ब्याटिङ गरेको बहराइन १९.३ ओभरमा १४६ रनमा अलआउट भयो। बहराइनको लागि इमरान अलिले ६२ र इमरान अनवरले १५ रन जोडे। हङकङको लागि नसरुल्ला राणाले ३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved