टी-२० विश्वकप एसियाली छनोट : ओमान र हङकङको जित

नेपालभ्युज

टी-२० विश्वकप एसियाली छनोट : ओमान र हङकङको जित

काठमाडौं। आईसीसी टी-२० विश्वकप एसियाली छनोट क्रिकेटमा ओमानले मलेसियालाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गरेको हो। १५४ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र १२१ रन बनायो ।

मलेसियाको लागि ५३ बलमा वीरन्दीप सिंहले ५७ रन बनाए। जुबैदी जुल्किफ्लेले १४ रनको योगदान गरे। ओमानको लागि भने बिलाल खान र जिशान मक्सुदले २-२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको ओमानले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १५३ रन बनाएको हो । ओमानको लागि कप्तान जीशान मक्सूदले अविजित ५६ रन र कश्यप प्रजापतिले २५ रन बनाए । मलेसियाको लागि भने विरनदीप सिंहले ३ विकेट लिए।

यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले कुवेतलाई १६ रनले पराजित गर्‍यो । १६७ रनको लक्ष्य पछ्याएको कुवेतले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र १५० रन बनायो ।

कुवेतको लागि कप्तान मोहम्मद अस्लमले ५२ र बिलाल ताहिरले ३६ रन बनाए । हङकङको लागि भने एजाज खानले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको हङकङले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६६ रन बनायो ।

हङकङको लागि मार्टिन कोएत्जीले ४८ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै ८१ रन बनाए । बाबर हायातले ३१ रनको योगदान गरे । कुवेतको लागि सैयद मोनिबले २ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved