चाडपर्वमा कालोबजारी रोक्न नसकेको उद्योगमन्त्रीको स्वीकारोक्ति

नेपालभ्युज

चाडपर्वमा कालोबजारी रोक्न नसकेको उद्योगमन्त्रीको स्वीकारोक्ति

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरु ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन् ।

आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० बारे छलफलमा भाग लिँदै उनले विद्युतीय व्यापारसम्बन्धी ऐनहरु बन्न नसक्दा कालोबजारी गर्नेहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको बताएका हुन् ।

कालोबजारी गर्ने व्यक्तिहरु तीन लाख तिरेर छुट्ने गरेको भन्दै उनले जरिबानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए ।

‘५० हजारदेखि ३ लाखसम्मको जरिबाना छ । समातिएका ठूला कालोबजारीहरु ३ लाखै त हो भनेर फुत्किने गरेका छन्’, उनले भने, ‘यसलाई कसुर हेरी २ देखि १० लाखसम्म गर्नुपर्छ ।’ मन्त्री रिजालले जरिबाना नतिर्नेहरुलाई के गर्ने भन्ने पनि कानून नभएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved