जेलको हावा खाइसकेका बलिउड अभिनेत्री

नेपालभ्युज

जेलको हावा खाइसकेका बलिउड अभिनेत्री

एजेन्सी । बलिउडका कलाकार लगातार चर्चामा आइरहने गर्छन् । उनीहरु फिल्म मात्रै नभएर अनेक हर्कतका कारण पनि चर्चामा आउने गर्छन् ।

त्यस्तै केही अभिनेत्रीका बारेमा जानौं जो जेलमा गएर पनि चर्चित भएका थिए । विभिन्न विवाद तथा मुद्दामा जेल गएका अभिनेत्रीको पनि लामै लिस्ट छ ।

रिया चक्रवर्ती

दिवंगत अभिनेता सुशान्त सिंह राजपुतकी कथित प्रेमिका भनिएकी अभिनेत्री रिया चक्रवर्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोले ८ सेप्टेम्बर २०२० मा गिरफ्तार गरेको थियो ।

अभिनेताको मृत्युको घटनामा ड्रग्सको सम्बन्ध रहेको खुलासापछि उनलाई गिरफ्तार गरिएको थियो । उनी २८ दिनसम्म भायखला जेलमा बसेकी थिइन् । पछि उनी धरौटीमा रिहा भइन ।

मोनिका बेदी

यस लिस्टमा अर्को नाम छ मोनिका बेदीको । ९० को दशकमा कयौं फिल्ममा अभिनय गरेकी मोनिका बेदीलाई अबु सलेमका साथ गिरफ्तार गरिएको थियो ।

नक्कली दस्तावेजसहित प्रवेश गरेको भनेर उनलाई पोर्चुगलमा जेल सजाय भएको थियो । सन् २००६ मा एक भारतीय अदालतले मोनिका बेदीलाई फर्जी नाममा पासपोर्ट बनाएकोमा पनि दोषी ठहर गरेको थियो ।

प्रेरणा अरोडा

प्याडम्यान, ट्वाइलेट एक प्रेम कथा, रुस्तम जस्ता फिल्म निर्माण गरेकी प्रेरणा अरोडा पनि जेल गइसकेकी छन् । करोडौं रुपैयाँको धोखाधडीको आरोपमा प्रेरणालाई गिरफ्तार गरिएको थियो ।

उनी करीब आठ महिनासम्म जेल बसेकी थिइन् ।

ममता कुलकर्णी

ममता कुलकर्णी पनि यस लिस्टमा पर्दछिन् । ९० को दशकमा अभिनेत्री ममता कुलकर्णी र उनका पति विक्की गोस्वामी कथित रुपमा ड्रग्स ओसारपसारमा संलग्न भएको भनी केन्यामा पक्राउ परेका थिए ।

श्वेता बसु प्रसाद

श्वेता बसु प्रसादलाई भारतको हैदराबाद पुलिसले ३१ अगस्त सन् २०१४ मा यौन व्यवसायमा सामेल भएको आरोपमा गिरफ्तार गरेको थियो । उनले भने यस कार्यमा संलग्न नभई आफू पीडित भएको बताएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved