राम्रो कोलस्ट्रोल बढाउन खानुहोस् यस्ता चीज

नेपालभ्युज

राम्रो कोलस्ट्रोल बढाउन खानुहोस् यस्ता चीज

एजेन्सी । खराब जीवनशैली तथा खानपानले गर्दा अत्यधिक मानिसमा अहिले खराब कोलस्ट्रोल बढ्ने समस्या बढ्दै गइरहेको देखिन्छ । यसले मुटु सम्बन्धी समस्याको जोखिम अझै बढाउँछ ।

त्यसैले तपाईं समयमै सतर्क भएर खराब कोलेस्ट्रोल हटाएर शरीरमा राम्रो कोलस्ट्रोलको विकास गर्नु जरुरी हुन्छ । त्यसैले आज हामी तपाईंलाई राम्रो कोलस्ट्रोल शरीरमा कसरी बढाउने भनेर बताउन गइरहेका छौं ।

गुड कोलेस्ट्रोललाई हाई डेन्सिटी लिपोप्रोटीन पनि भनिन्छ । यो शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । यसले शरीरमा भएको खराब कोलेस्ट्रोललाई बाहिर निकाल्ने काम समेत गर्छ । त्यसैले यो शरीरमा बढ्नु आवश्यक छ । खानपानमा विभिन्न चिजहरुको नियमित सेवनले तपाईं राम्रो कोलेस्ट्रोल शरीरमा बढाउन सक्नुहुन्छ ।

फलफूल
गुड कोलेस्ट्रोल बढाउनका लागि फाइबरयुक्त फलफूलको सेवन गर्नुहोस् । यसका लागि स्याउ, अमिलो फल, अंगुर तथा किवी खान सक्नुहुन्छ । यस्तो फलले इम्युनिटीलाई पनि बलियो बनाउँछ ।

अनाज
साबुत अनाजमा प्रोटिन, फाइबर, भिटामिन तथा खनिजहरु हुन्छ, जसले शरीरमा गुड कोलेस्ट्रोल बढाउने काम गर्छ । यसका लागि तपाईं आफ्नो खानामा दलिया, ओट्स, ब्राउन राइस, चोकरसँगको पिठो आदि सेवन गर्न सक्नुहुन्छ ।

नट्स
बदाम, पिस्ता तथा काजुमा पर्याप्त मात्रामा फ्याटी एसिड पाइन्छ । जसले राम्रो कोलेस्ट्रोललाई बढाउने काम गर्छ । साथमा यस्ता खानेकुराले मुटुसँग जोडिएका समस्यालाई पनि कम गर्छ ।

सी फूड
मांसहारी पनि खानेहरुका लागि राम्रो कोलेस्ट्रोल बढाउन पानीमा पाइने माछा, गंगटा आदि खान सकिन्छ । माछाहरुमा ओमेगा ३ भरपूर मात्रामा पाइन्छ, जसले गुड कोलेस्ट्रोललाई बढाउने काम गर्छ ।

सिमी
सिमी, बोडी, भट्मास आदिको सेवनले पनि गुड कोलेस्ट्रोल बढाउन सकिन्छ । यसमा प्रोटिन, क्याल्सियम, आइरन, कैरोटिन, भिटामिन सी जस्ता पोषक तत्वहरु पाइन्छन् जसले गुड कोलेस्ट्रोल बढाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved