एनआरएनए असन्तुष्ट पक्षले भन्यो : नयाँ नेतृत्वलाई स्वीकार गर्न सकिंदैन

नेपालभ्युज

एनआरएनए असन्तुष्ट पक्षले भन्यो : नयाँ नेतृत्वलाई स्वीकार गर्न सकिंदैन

काठमाडौं । ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट आएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका छन् ।

शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मतपरिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको बताए । सहमति विपरीत आजै शपथग्रहण गर्नुले धाँधली भएको पुष्टि हुने उनीहरुको आरोप छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै अनियमितता भएको स्पष्ट हुने बताए । उनले धाँधली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको बताए । उनले गैरआवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताए ।

‘आइटी विज्ञ राखेर निर्णय गरौँला भन्नुभएको थियो, त्यो नभइसकेपछि उहाँहरुले धाँधली गरेर जितेको स्पष्ट हुन्छ । दुई हप्तामा ठूलै पहाड पल्टिँदैन’ उनले भने, ‘धाँधली नभएको भए रातारात शपथ खानुपर्ने थिएन । उहाँहरु सच्चा हुनुहुँदो रहेनछ । गैर आवासीय नेपाली संघ निष्पक्ष हुनुपर्छ, साझा हुनुपर्छ । सबल हुनुपर्छ ।’

अध्यक्षका अर्का प्रत्यासी महेशकुमार श्रेष्ठले सिमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाए । उनले सीमित समूहले केही पनि गर्न नसक्ने भन्दै उनले गैरआवासीय संघ झनै नराम्रो भएको बताए ।

‘उहाँहरुले सिमित समूहलाई आधिकारिकता दिन गर्नुभएको प्रयत्न हो । यो सामाजिक संस्थामा सबैलाई समेट्नुपर्छ । त्यो प्रयत्न उहाँहरूले गर्नुपर्दथ्यो’ उनले भने, ‘सीमित समूहले के गर्न खोज्नुभएको हो ? अध्यक्ष भएर पनि के गर्न सक्नुहुन्छ ? यसले नराम्रो असर पर्छ । यसैपनि अविश्वास थियो । अहिले झनै नराम्रो भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved