डिशहोममा दशै स्पेसल शो, छक्का पञ्जा ४ निःशुल्क हेर्न पाइने

नेपालभ्युज

डिशहोममा दशै स्पेसल शो, छक्का पञ्जा ४ निःशुल्क हेर्न पाइने

काठमाडौँ । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरू, डिशहोममा प्रदर्शन भइरहेको छ । यो चाडबाडको मौसममा डिशहोमले आफ्नो ग्राहकहरू लाई मनोरञ्जन प्रदान गर्नको लागि दशैं स्पेसल शो अन्तर्गत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ ।

डिशहोमको सबै एक्टिभ ग्राहकहरूले बिना कुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र निःशुल्क हेर्न सक्नेछन् । यस्तै दशै मुभी फेस्ट अन्तर्गत घटस्थापना देखि रमाइलो टिभी र प्लस मुभीमा दशैभरी नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने छ ।

डिशहोमको यो प्रयासले सपरिवार सँगै बसेर नयाँ चलचित्र हेर्नका साथै भरपुर मनोरञ्जन समेत हाम्रो ग्राहकहरूले लिन सक्ने कम्पनीले विश्वास लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved