एनआरएनए सम्मेलन : छिमेकको छायाँ तोडेर उपाध्यक्ष बन्ने दौडमा गुल्मीका चिरञ्जीवी

नेपालभ्युज

एनआरएनए सम्मेलन : छिमेकको छायाँ तोडेर उपाध्यक्ष बन्ने दौडमा गुल्मीका चिरञ्जीवी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको १९ औं अधिवेशन सोल्टी होटलमा जारी छ । अधिवेशनले भोलि नयाँ नेतृत्व चयन गर्दैछ ।

क्यानाडामा बसोबास गर्ने गुल्मीका चिरञ्जीवी घिमिरे उपाध्यक्ष पदको दौडमा छन् । घिमिरे हाल गैर आवासीय नेपाली सङ्घ अन्तराष्ट्रियको सचिव छन् ।

क्यानडा सधैं अमेरिकाको छायाँ बन्ने गरेकोमा घिमिरेले त्यसलाई चिर्दै अघि बढ्ने प्रयास गरिरहेका छन् । उनी क्यानडाबाट सचिव हुने पहिलो नेता हुन् ।

स्पष्ट र निडर स्वभावका घिमिरेले संघ भित्र देखिएका विसंगतीका विषयमा आवाज उठाउँदै आएका छन् । यसअघि एनआरएन क्यानडाको अध्यक्ष बनिसकेका घिमिरेले यसपटक आइसिसी उपाध्यक्षमा उम्मेद्धारी दिएका छन् ।

आफूले जितेमा वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता, सुरक्षित, मर्यादित र व्यवस्थित बैदेशिक रोजगारी तथा नयाँ गन्तव्यको खोजी पुस्तान्तरण केन्द्रित एनआरएनए, वैदेशिक सिप ज्ञान तथा नेपालमा सामुहिक लगानी जस्ता विषयमा काम गर्ने घिमिरे बताउँछन् ।

यस्तै उनी नेपालमा पर्यटनको विकास र नेपाली कला संस्कृतिको प्रवर्द्धनका लागि गैर आवासीय नेपाली संघका सबै सदस्य मिलेर अघि बढ्नुपर्ने पनि बताउँछन् ।

नेपालमा कोभिडको महामारीका कारण अक्सिजनको चरम अभाव हुँदा घिमिरे सहयोगका लागि सक्रिय थिए । त्यसबेला ७५ थान अक्सिजन पठाउनुका साथै क्यानडाको केन्द्रीय तथा प्रान्तीय सरकारसँग सहकार्य गरि नेपालमा भेन्टिलेटर तथा अत्यावस्यक सामग्री पठाउन पनि उनले भूमिका खेलेका थिए ।

महामारीका बेला उनले क्यानडामा नेपाली विद्यार्थीलाई पनि सहयोग गरेका थिए । विभिन्न संघसंस्थाको नेतृत्वमा लामो समय काम गरेको अनुभवले एनआरएनएलाई थप सहयोग पुर्याउने उनको विश्वास छ ।

उनले केन्द्रीयस्तरको नेतृत्वमा आउनु अगाडीको आफ्नो अनुभवलाई हेरेर उपाध्यक्षमा सहयोग गर्न सम्मेलनका प्रतिनिधिलाई अपिल गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved