कोशीका मुख्यमन्त्री कार्कीले प्रदेशसभामा मागे विश्वासको मत

‘प्रदेश सभाभित्र सबै सदस्य स्वतन्त्र’

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।

नेपालभ्युज

कोशीका मुख्यमन्त्री कार्कीले प्रदेशसभामा मागे विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।

जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेका हुन् ।

नेकपा एमाले र विद्रोही कांग्रेसको समर्थनमा मुख्यमन्त्री भएका कार्कीलाई गठबन्धनमा आबद्ध दलले पनि विश्वासको मत दिने निर्णय गरेका छन् ।

राप्रपाले भने कार्कीलाई विश्वासको मत नदिने जनाएको छ ।

आजको बैठकमा जसपा, नेकपा एस, माओवादी र राप्रपाका सांसद विपक्षीको पङ्तिमा बसेका छन् । कांग्रेस र एमालेका सांसद भने सत्ता पक्षको लहरमा छन् ।

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले बदलिएको परिस्थितिसँगै सबै दल एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेशसभाभित्र सबै सांसद स्वतन्त्र हुने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved