हिजो एकै दिन एक लाख यात्रु काठमाडौंबाट बाहिरिए

नेपालभ्युज

हिजो एकै दिन एक लाख यात्रु काठमाडौंबाट बाहिरिए

काठमाडौं। दशैँ मनाउन काठमाडौं लगायतका सहर छाड्नेको संख्या बढ्दै गएको छ ।

ट्राफिक प्रहरीका अनुसार हिजो एकै दिन झण्डै एक लाख यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका छन् । यो अवधिमा उपत्यका भित्रिनेको संख्या भने ५७ हजार ५ सय १ रहेको महाशाखाले जनाएको छ ।

घटस्थापनादेखि अहिलेसम्म झण्डै साढे दुई लाख जना गाउँ घर फर्किएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अनुमान छ । स्कुल कलेज बिदा भएसँगै गाउँ घर फर्किनेको संख्या बढिरहेको छ ।

खासगरी कलंकी, बल्खु र कोटेश्वरमा गाडी र यात्रुको चाप बढेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved