अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन एनआरएनएसँग राष्ट्रपतिको आग्रह

नेपालभ्युज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

मंगलबार गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालीहरुको प्रतिष्ठा बढाउन आग्रह गरेका हुन् ।

नेपालको आन्तरिक क्षमता वृद्धि गरी तीव्र आर्थिक विकास गर्नसके मात्रै विदेशमा बस्ने नेपालीको शिर उँचो हुने उनको भनाइ छ ।

उनले देश विकसित भएमात्रै विदेशमा बस्ने नेपालीको शिर उँचो हुने उल्लेख गर्दै नेपाल समृद्ध नभएसम्म नेपालीहरुको प्रतिष्ठा बढ्न नसक्ने बताए ।

राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेकाले त्यसतर्फ लगानी भित्राउनुपर्नेमा जोड दिए ।

उनले नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगीकरण र आन्तरिक उत्पादन लगायतको विकासमा केन्द्रीत भएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved