बजाजको ग्रान्ड एक्सचेन्ज मेला सञ्चालनमा, पुरानोसँग नयाँ साट्ने अफर

नेपालभ्युज

बजाजको ग्रान्ड एक्सचेन्ज मेला सञ्चालनमा, पुरानोसँग नयाँ साट्ने अफर

काठमाडौं। ग्राहकहरूका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द्र एन्ड कम्पनी प्रालिले बजाज एक्सचेन्ज मेला सञ्चालनमा ल्याएको छ । कम्पनीले असोज १२ गतेबाट असोज २९ गतेसम्मको लागि उक्त एक्सचेन्ज मेला सञ्चालनमा ल्याएको हो ।

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको उक्त मेलामा बजाजका ग्राहकहरूले पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ साट्न सक्नेछन् । कम्पनीले “ग्रान्ड बाइक, ग्रान्ड एक्सचेन्ज, ग्रान्ड सेलिब्रेसन” भन्ने नारासहित पुरानोसँग नयाँ साट्ने एक्सचेन्ज मेला सञ्चालनमा ल्याएको छ ।

कम्पनीले पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्जमा न्यूनतम ३० हजारसम्म को मूल्यांकन र प्रचलित बजार मूल्यभन्दा थप १५ हजार बढी दिने जनाएको छ । साथै, बजाजको नयाँ ब्रान्ड खरिद गर्ने खरिदकर्ताहरूले हेलमेट, बाइक कबर, ल्यापटप ब्याग र लेग गार्डजस्ता सामानहरू निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

बजाजको ग्रान्ड एक्सचेन्ज मेलासँगै टेस्ट राइड पनि सञ्चालन भइरहेको छ । जहाँ सहभागी भएर पनि ग्राहकहरूले आकर्षक उपहारहरू जितिरहेका छन् । एक्सचेन्ज मेलामा उपभोक्ताले विभिन्न निःशुल्क एसेसरिजसमेत प्राप्त गर्न सक्नेछन् ।

सोही अवसरमा कम्पनीले पल्सर-एन सिरिज पनि सार्वजनिक गर्ने भएको छ । बजाजप्रतिको विश्वासले पछिल्लो समय ग्राहकहरूले बजाज ब्रान्ड खोज्ने गरेको कम्पनीको भनाइ छ । देशैभरि सर्भिस सेन्टर उपलब्ध हुनु, पार्ट्सहरू सुपथ मूल्यमा जताततै पाइनु, जस्ता कारणले पनि बजाजले बजार लिएको कम्पनीको विश्वास रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved