‘एसियन प्रोफेस्नल आउट स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड’ पर्यटन उद्यमी शाहलाई

नेपालभ्युज

‘एसियन प्रोफेस्नल आउट स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड’ पर्यटन उद्यमी शाहलाई

काठमाडौं । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई आउट स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ । व्यवसायी शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएवापत एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गतको आउट स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको हो ।

वेष्ट रिसोर्टका सञ्चालक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले उक्त अवार्ड प्रदान गरेका हुन् । नेपालको आतिथ्य उद्योगमा एक प्रतिष्ठित व्यक्तित्वको रूपमा परिचित शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएवापत उक्त अवार्ड प्रलान गरिएको हो ।

आफ्नो प्रतिबद्धता र उदाहरणीय नेतृत्वको लागि परिचित शाहको पर्यटन उद्योगमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । शाहले होटल/मोटेल प्रशासन/व्यवस्थापनमा स्नातक हासिल गरेका छन् ।

सोल्टी होटलबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका उनले हायात रेजेन्सी, समिट ग्रुस होटल एन्ड रिसोर्टमा काम गरिसकेका छन् । दुई दशकभन्दा लामो समय पर्यटन उद्योगमा समय विताएका शाहले काठमाडौंको अग्रगामी पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स लिमिटेडको महाप्रबन्धकको रूपमा सात वर्ष काम गरे जहाँ उनले आफ्नो सफल छाप छाडे ।

उनको दूरदर्शी नेतृत्वमा चन्द्रागिरि हिल्सले नेपालको पर्यटन परिदृश्यमा आफ्नो स्थान उचाल्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रतिष्ठित गन्तव्यमा परिणत भएको छ ।

पर्यटन उद्योगमा ठूलो योगदान पुर्‍याएका शाहले भारतको पर्यटन विकास निगमबाट सन् २०१९ मा प्रतिष्ठित ‘वर्षको सबैभन्दा युवा महाप्रबन्धक’ पुरस्कार प्राप्त गरेका छन् । यसबाहेक, पर्यटन र आतिथ्य उद्योगमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई सर्टिफिकेट वर्ल्ड बुक अफ रेकर्ड, लन्डनमार्फत अन्तर्राष्ट्रिय मान्यता प्रदान गरियो । यस्तै, शाहलाई नेपाल सरकारले राष्ट्रको लागि उत्कृष्ट सेवाको कदर गर्दै प्रबल जनसेवा श्री पदकबाट सम्मानित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved