स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्दा धेरै नेता रिसाएः स्वास्थ्यमन्त्री बस्नेत

नेपालभ्युज

स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्दा धेरै नेता रिसाएः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताएका छन् ।

काठमाडौंमा शुक्रवार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केहि कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म विरामी भएको भेटिएको भन्दै माथिल्लो पहुँचकै आधारमा काजमा बसेकाहरुको काज फिर्ता गराउन सफल भएको बताएका हुन्। उनले आफूसँग रिसाएका नेताहरु दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएको बताए ।

मन्त्री बस्नेतले देशभरी स्वास्थ्यका भवनहरु शिलान्यास भएपनि एउटा पनि उद्घाटन नभएको बताए । स्वास्थ्यका भवन बनेको ठाउँमा उपकरण र दक्ष जनशक्ति नै नभएको उनको भनाई छ । मन्त्री बस्नेतले स्वास्थ्यमा कर्मचारीको निकै अभाव भएको भन्दै स्थायी दरबन्दी अगाडी बढाउने सिलसिलामा तत्काललाई करारमा भएपनि लिएर प्रक्रिया अघि बढाउने उनको भनाई छ ।

मन्त्री बस्नेतले भने,‘ आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन भवन, दक्ष जनशक्ती र उपकरण चाहियो । तीन वटै क्षेत्र लथालीगं छ । २०५४ सालदेखि दरबन्दी बढाइएको अवस्था छैन । म २२ वर्ष अगाडी आउँदा ३३ हजार कर्मचारी थिए । अहिले घटेर ३१ हजार भएको छ ।’

स्वास्थ्य मन्त्रालय लामो समयदेखि क्रोनिकका रुपमा रहेको मन्त्रालय रहेको भन्दै यसलाई चीरफार गरेर मात्रै नहुने भन्दै ठूलै अप्रेसन गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved