स्थानीय तहलाई हस्तक्षेप गर्दैनौं : मन्त्री देवी

नेपालभ्युज

स्थानीय तहलाई हस्तक्षेप गर्दैनौं : मन्त्री देवी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहलाई हस्तक्षेप नगर्न सबै प्रतिवद्ध हुनुपर्ने बताएकी छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री देवीले स्थानीय तहलाई हस्तक्षेप नगर्नका लागि सबै प्रतिवद्ध हुनुपर्ने बताएकी हुन् ।

उनले भ्रष्टाचारको सन्दर्भमा स्थानीय तहलाई औँला ठड्याइने गरिएको भन्दै उनले स्थानीय तहमा आर्थिक अनुशासन कायम गर्ने जिम्मेवारी पनि सबैको भएको बताईन् । स्थानीय तहलाई सही रुपले चलाउने जिम्मेवारी स्थानीय तहका जनप्रतिनिधिको मात्रै नभएर प्रदेश र संघको जनप्रतिनिधिको पनि भएको उनले बताईन् ।

उनले भनिन्  ‘अहिले हामीले स्थानीय तहलाई औँला उठाएर देखाएका छौँ । तर त्यो स्थानीय तह कस–कसको हो ? भनेर कहिल्यै हामीले भित्रबाट आत्मालोचना गरेका छौँ ? कहिले भन्छौँ कार्यपालिका मेरो हो, उपमेयर, मेयर मेरो हो ? स्थानीय तहको जिम्मेवारी हामी सबैको हो नि त ।’

मन्त्री देवीले कमी, कमजोरी स्थानीय तहमा मात्रै नभई सबै तहमा हुने गरेको बताईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved