विश्वकप क्रिकेटः अफगानिस्तानले दियो भारतलाई २७३ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेटः अफगानिस्तानले दियो भारतलाई २७३ रनको लक्ष्य
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। विश्वकप एकदिवसीय क्रिकेटमा अफगानिस्तानले भारतलाई २७३ रनको लक्ष्य दिएको छ।

भारतको दिल्लीमा जारी खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा २७२ रन बनाएको हो।

अफगानिस्तानको लागि हशमतुल्लाह शहिदी र अज्मतुल्लाह ओमरजाईले अर्धशतकीय पारी खेले। कप्तान शहिदीले ८८ बलमा ८० रन बनाउँदा अज्मतुल्लाहले भने ६९ बलमा ६२ रन जोडे।

भारतको लागि भने जस्प्रीत बुम्राहले ४ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved