एमाले सुदूरपश्चिम प्रदेशमा मंगलबार निर्वाचन, तीनजना आकांक्षी

नेपालभ्युज

एमाले सुदूरपश्चिम प्रदेशमा मंगलबार निर्वाचन, तीनजना आकांक्षी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास गरेपनी अन्ततः सहमति नजुट्दा  मंगलबार निर्वाचन हुने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयासमा लागेका थिए तर आकांक्षीहरूका बीचमा सहमति हुन सकेन ।

सुदूरपश्चिम प्रदेशको अधिवेशनमा नेतृत्वका लागि तीनजना आकांक्षी देखिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको लागि अकांक्षी देखिएका हुन् ।

पार्टी महासचिव शंकर पोखरेलले नेतृत्वमा सहमति जुटाउन सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल अघि बढाएपनि सहमति जुट्न नसकेको एक नेताले बताए । महासचिव पोखरेलले छलफलपछि सहमतिका खाका बनाउने जिम्मा केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई दिएका थिए।

ती नेताले सहमतिको अन्तिम प्रयास जारी रहेपनी आकांक्षीहरूकाबीच अझै कुरा मिल्न नसकेकाले निर्वाचन प्रक्रियामा जाने निश्चीत भएको बताए । अधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बेलुका ६ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।  मंगलबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म उमेदवारी दर्ता गरिनेछ भने मतदान मंगलबार बेलुका ५ बजे हुनेछ ।


 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved