आर्सनलले सिटीलाई हरायो, अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकियो

नेपालभ्युज

आर्सनलले सिटीलाई हरायो, अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले साविक विजेता म्यानचेस्टर सिटीलाई हराएको छ ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले ग्याब्रिएल मार्टिनेलीको गोलमा सिटीलाई १–० गोलले हराएको हो । आर्सनल २० अंक सहित तालिकाको दोस्रो स्थानमा  उक्लेको छ ।

समान २० अंक रहेको टोटेनहम समान गोल अन्तर भएपनि बढी गोलका कारण शीर्षस्थानमा छ । पराजित सिटी १८ अंक सहित तेस्रो स्थानमा झरेको छ ।

अर्को खेलमा लिभरपुल र ब्राईटनले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । घरेलु मैदान एमेक्स स्टेडियममा भएको खेलमा ब्राईटनको लागि सिमोन अडिनग्रा र बेन डंकले गोल गरे । लिभरपुलका लागि दुबै गोल मोहम्मद सालाहले गरे ।

बराबरी पछि लिभरपुल ७ खेलमा १७ अंक सहित चौथो स्थानमा रहँदा ब्राईटन १६ अंक सहित छैठौं स्थानमा छ । गएराति नै भएका खेलमा वेस्ट ह्याम र न्युक्यासल युनाइटेडले २–२ र वल्भ्स र एस्टन भिल्लाले १–१ को बराबरी खेलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved