असोज २९ गतेदेखि नयाँ नोट सटही सुरु हुने 

नेपालभ्युज

असोज २९ गतेदेखि नयाँ नोट सटही सुरु हुने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो चाडबाडको लागि नयाँ नोट सटही प्रक्रिया असोज २९ गतेदेखि सुरु हुने जनाएको छ । सधै जसो यस वर्ष पनि राष्ट्र बैंकले दशैं तिहारको लागि नयाँ नोट साट्ने प्रक्रिया सुरु गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको सङ्ख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved