अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प : १५ जनाको मृत्यु, ७८ जना घाइते

नेपालभ्युज

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प : १५ जनाको मृत्यु, ७८ जना घाइते

काठमाडौं । अफगानिस्तानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन् । त्यसपछि हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पका पाँच दशमलव पाँच, चार दशमलव सात र छ दशमलव दुई म्याग्निच्युडका तीनवटा पराकम्प गएका युएसजीएसले जनाएको छ ।
भूकम्पबाट ठूलो मात्रामा भौतिक क्षति पुगेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

युएसजीएसले यसअघि छ दशमलव दुई म्याग्निच्युडको भूकम्प गएको जनाएको थियो । अफगानिस्तानको उक्त क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्र हो ।

हिन्दकुश पर्वतमाला, युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको सङ्गममा अवस्थित भएकाले अफगानिस्तान उच्च भूकम्पीय जोखिममा रहेको भूगर्भविदहरूले बताउँदै आएका छन् ।

‘अवस्था निकै डरलाग्दो छ, मैले यस्तो कुरा अहिलेसम्म अनुभूति गरेको थिइनँ,’ एएफपीसँग कुरा गर्दै भूकम्पप्रभावित एक विद्यार्थीले भने । ती विद्यार्थी भूकम्प जाँदा कक्षाकोठामा थिए ।

यसैबीच, आजै पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ । सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र पाँच दशमलव सात डिग्री दक्षिणी अक्षांश र एक सय ४६ दशमलव एक डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved