सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ जना घाइते

सल्यान। दाङबाट सल्यानतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी ३१ वर्षीय सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ की ४० वर्षीय अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

तुल्सीपुरबाट सल्यानको जयचौर आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानी नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved