कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, चमत्कार नभए विश्वास नपाउने

राजनीतिमा कुनै चमत्कार नभए अहिलेसम्म उनले विश्वासको मत पाउने स्पष्ट आधार छैन । त्यसपछि बन्ने संविधानको धारा १६८ को उपधारा (५) अनुसारको सरकार कस्तो हुने ? कसको नेतृत्वमा बन्ने भन्ने विषय चासोका साथ हेरिएको छ।

नेपालभ्युज

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, चमत्कार नभए विश्वास नपाउने

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।

संविधानको धारा १६८(३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले कोशीमा ३० दिन नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।

यसरी गठन भएको सरकारले संविधानको १६८(४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकोले आज मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन्।

कोशी प्रदेशमा ठुलो दल नेकपा एमालेसँग ४० सांसद सङ्ख्या छ। विपक्षी गठबन्धनसँग भने सरकार गठन गर्न आवश्यक ४७ मत छ। प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

राजनीतिमा कुनै चमत्कार नभए अहिलेसम्म उनले विश्वासको मत पाउने स्पष्ट आधार छैन । त्यसपछि बन्ने संविधानको धारा १६८ को उपधारा (५) अनुसारको सरकार कस्तो हुने ? कसको नेतृत्वमा बन्ने भन्ने विषय चासोका साथ हेरिएको छ।

कोशी प्रदेशको राजनीतिमा २०७९ पुस १० दोहोरिन्छ कि नदोहोरियाल भन्ने चासो छ। पुस १० मा केन्द्रीय गठबन्धनमा रहेको माओवादी केन्द्रले काँग्रेससँगको सहकार्य तोडेर अप्रत्याशित रूपमा बालकोट पुगेर गठबन्धन गरेका थिए। कतिपयले भने कोशी प्रदेशमा त्यो घटनाक्रम पनि हुनसक्ने समेतको आशंका गर्न थालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved