एमाले गण्डकी अधिवेशनमा ८८७ मत खस्यो, गणनाको तयारी हुँदै

नेपालभ्युज

एमाले गण्डकी अधिवेशनमा ८८७ मत खस्यो, गणनाको तयारी हुँदै

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुन्न भएको निर्वाचनमा जम्मा ८८७ मत खसेको छ ।

जम्मा ९०७ मतदाता रहेकोमा २० जनाले मत नहालेको निर्वाचन समितिले जनाएको छ ।

बिहीबार मध्यान्न १२ बजेदेखि सुरु मतदान राति ९ बजे सकिएको हो । मतदान सकिएसँगै अब गणनाको तयारी भइरहेको बताइएको छ ।

सहमतिका लागि गरिएका अनेक प्रयास असफल भएपछि यहाँ मतदानबाट नेतृत्व चुन्न लागिएको हो ।

गण्डकी एमालेको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्यानलै बनाएर चुनावी मैदानमा होमिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved