सभामुख घिमिरे र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता

नेपालभ्युज

सभामुख घिमिरे र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।

सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको छ ।

नेपाल र अष्ट्रेलिया लोकतान्त्रिक मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।

उनले उच्चस्तरीय भ्रमणले दुईदेशबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरे ।

अष्ट्रेलियामा संसदीय मैत्री समूह पुनःस्थापना भएकोमा खुसी व्यक्त गर्दै सभामुख घिमिरेले नेपालमा भर्खरै गठन भएको नेपाल–अष्ट्रेलिया मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरे ।

अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved