बलिउडका दानी कलाकार

नेपालभ्युज

बलिउडका दानी कलाकार

एजेन्सी । बलिउडमा कयौं त्यस्ता कलाकार छन् जसले पटक पटक आवश्यक परेका तथा दुःखमा परेका नागरिकको सहयोग गरिरहेका हुन्छन् । यस्तै केही कलाकारका बारेमा कुरा गरौं, जसले आफ्नो कमाइबाट सहयोग गरिरहेका हुन्छन् ।

सुष्मिता सेन

सुष्मिता सेन आफ्नो एक फाउन्डेशनका माध्यमबाट आवश्यक परेका व्यक्तिलाई सहयोग जुटाउँछिन । यी अभिनेत्रीलाई उनको दानी स्वभावबाट पनि प्रसंशा गर्ने गरिन्छ ।

सलमान खान

सलमान खानले पनि गरिबको सहयोग गर्नका लागि बिईङ ह्यूमन नामक एनजिओ चलाउँछन् । त्यहीँबाट उनले धेरै शारीरिक तथा स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्तिलाई सहयोग गर्छन् ।

सोनु सुद

भारतमा गरिबको मसिहा भनेर चिनिने सोनु सुदले कोरोनाको बेला ठूलो सहयोग गरेका थिए, त्यो धेरैलाई थाहा छ । अहिले पनि यी अभिनेता गरीब दु:खीको सहयोग गर्न सधैं तयार हुन्छन् ।

अनुपम खेर

अनुपम खेरले सन् २००३ मा आफ्नै नाम भएको फाउन्डेशन सुरु गरेका थिए । यसमा उनले बच्चालाई शिक्षा दिनका लागि सहयोग गर्छन् ।

शाहरुख खान

शाहरुख खानले पनि मीर फाउन्डेशनको नामबाट गरिबको सहयोग गर्छन् । यहाँसम्म कि उनले सिंगै गाउँको संरक्षण गर्ने जिम्मा पनि लिएका छन् ।

आमिर खान

आमिर खानले पनि गरीबहरुका लागि एउटा फाउन्डेशनको स्थापना गरेका छन् । यसमा उनले आफ्नी पूर्व पत्नी किरणसँग मिलेर मानिसहरुलाई सहयोग गर्दथे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved