चामलको प्रयोगबाट एक हप्तामै बनाउनुहोस कोरियनको जस्तो छाला

नेपालभ्युज

चामलको प्रयोगबाट एक हप्तामै बनाउनुहोस कोरियनको जस्तो छाला

एजेन्सी । धेरै जसो महिलालाई कोरियन युवतीको जस्तो छाला चाहिएको हुन्छ । कोरियन युवती आफ्नो छालाको एकदमै हेरविचार गर्छन् जसले गर्दा उनीहरुको छाला बेदाग, कोमल तथा चम्किलो हुन्छ । यदी तपाईं पनि त्यस्तै सिसाको जस्तो छाला चाहनुहुन्छ भने केही घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।

कोरियन छालाको सुरक्षाको लागि चामल सबैभन्दा चर्चित उपाय हो । त्यहाँका व्यक्तिले छालामा निखार ल्याउनका लागि चामलका विभिन्न खाले उपायहरु अपनाउने गर्छन् । चामल छालाका लागि एकदमै फाइदाजनक हुन्छ । किनकी यसमा पाइने अमीनो एसिड, एन्टीअक्सीडेन्ट्स र मिनरल्सले एजिंग प्रक्रियालाई ढिलो गराइदिन्छ । यदी तपाईं पनि मरेतुल्य छाला, दागधब्बा जस्ता समस्याहरुको सामना गरिरहनु भएको छ भने चामल तपाईंका लागि वरदान सावित हुनेछ ।

कोरियन स्किन केयर रुटिनमा फर्मेन्ट यानिकी भिजाइएको चामललाई एकदमै प्रयोग गर्छन् । यसको प्रयोगले खराब भएको छालाबाट छुट्कारा पाउन सकिन्छ र कोलेजनको उत्पादन बढ्छ । यसलाई बनाउनका लागि चामललाई उमाल्ने र छानेर यसको पानीलाई अलग निकाल्ने । पानीलाई दुई देखि तीन दिनसम्म फर्मेन्ट हुनका लागि राख्ने । पछि यस पानीलाई अनुहारमा प्रयोग गर्न सकिन्छ ।

त्यस्तै कोरियन छाला केयरमा चामलको पाउडर यानिकी पिठोलाई पनि प्रयोग गरिन्छ । चामलको पाउडरलाई फरक फरक फेस प्याकहरु बनाएर प्रयोग गर्न सकिन्छ । यसलाई तपाईं दही, बेसन, एलोवेरा जेल आदिसँग मिसाएर पनि लगाउन सक्नुहुन्छ ।

यस कोरियन उपायका लागि तपाईं एक कचौरामा पाकेको चामल लिनुहोस् र यसमा काँचो दुध र मह मिसाउनुहोस् र राम्रो लेप तयार गर्नुहोस् । यसलाई फेस प्याकको रुपमा अनुहार तथा घाँटीको भागमा लगाउनुहोस् र केहीबेर राखेर सफा गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved