के शाहरुखले तोड्नेछन् राज कपूरको रेकर्ड ?

नेपालभ्युज

के शाहरुखले तोड्नेछन् राज कपूरको रेकर्ड ?

एजेन्सी । शाहरुख खानको जवान अब हिन्दीमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । जवानले हिन्दी भर्जनमा करिब ६ सय करोड भारतीय रुपैयाँ कमाई गरिसकेको छ ।

शाहरुखले पठान र जवान दुईवटा लगातार सुपरहिट फिल्म दिएका छन् । यस्तो गरेर उनले एक वर्षमै सबैभन्दा धेरै कमाई गर्ने दुई वटा फिल्मको राज कपूरको रेकर्डसँग बराबरी गरेका छन् । क्रिसमसमा रिलीज भइरहेको डंकीले पनि यस्तै खालको रेकर्ड बनायो भने शाहरुखले राज कपूरको रेकर्ड तोड्नेछन् ।

जवानले पठानको रेकर्ड तोडिसकेको छ । फिल्मले विश्वव्यापी रुपमा एक हजार करोडको आँकडा पनि नाघिसकेको छ । शाहरुख खान पहिलो यस्ता अभिनेता हुन् जसका दुई वटा फिल्म एक हजार करोड क्लबमा शामिल भइसकेका छन् ।

रिलीजको दिनको रेकर्ड, विकेन्डको कलेक्शन तथा एक दिनको कलेक्शन सबै खालका अन्य फिल्मका रेकर्ड जवानले तोडेको छ । यो पहिलो त्यस्तो फिल्म हो जसले ६ दिनमा ६०० करोडको कलेक्सन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved