यो वर्षको एसईई आगामी चैत पहिलो साता, यस्तो छ वार्षिक कार्यतालिका

नेपालभ्युज

यो वर्षको एसईई आगामी चैत पहिलो साता, यस्तो छ वार्षिक कार्यतालिका

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा- १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिकामा उल्लेख गरिए अनुसार एसईई  चैत पहिलो सातादेखि हुने भएको हो ।

बोर्डको वार्षिक कार्यतालिका अनुसार  चैत पहिलो सातादेखि परीक्षा गरेर असारको दोस्रो हप्ता नतिजा प्रकाशन गरिने छ । यस्तै, कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फारम छपाई र वितरण कात्तिक मसान्तसम्ममा गरिनेछ ।

त्यस्तै कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम मंसिर मसान्तसम्म भराइनेछ जुन कार्य शिक्षा विकास तथा समन्वय इकाईमार्फत गरिनेछ ।

त्यस्तै माघ पहिलो साता परीक्षाको समय तालिका प्रकाशन र परीक्षा केन्द्र निर्धारण गर्ने कार्यतालिकामा उल्लेख गरिएको  छ ।

२०८१ को साउन तेस्रो साता पूरक परीक्षा सञ्चालन गरिने बोर्डको कार्यतालिकामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved