अरुको कुरा काट्न माहिर छन् बलिउडका यी कलाकार

नेपालभ्युज

अरुको कुरा काट्न माहिर छन् बलिउडका यी कलाकार

एजेन्सी । अरुको कुरा काट्ने धेरै मानिसको स्वभाव हुन्छ । जसबाट हरेक क्षेत्रका ठूला साना व्यक्ति नै प्रभावित हुन्छन् । त्यस्तै बलिउडमा केही त्यस्ता हस्ती छन् जसलाई गसिप अर्थात कुरा काट्न एकदमै मन पर्छ । यिनीहरुले सबैका बारेमा जानकारी राखेका हुन्छन् ।

यस्तै गसिपमा नम्बर एक मै पर्छन् फिल्म निर्माता तथा निर्देशक करण जौहर । उनलाई बलिउडका अधिकांश कलाकारको निजी जीवनका बारेमा सबै जानकारी हुन्छ । उनले टक सो ‘कफी विथ करण’ मा खुलेआम कलाकारका व्यक्तिगत तथा गोप्य कुरालाई बाहिर ल्याउने गर्छन् ।

त्यस्तै अर्की अभिनेत्री करीना कपूर खानले पनि आफू बलिउडका सबै खबरबाट अपडेट भइरहने स्वीकार गरेकी छन् । उनले विभिन्न सुत्रको प्रयोग गरेर हरेकको बारेमा खबर लिने गर्छिन् । उनलाई गसिप गर्न एकदमै रमाइलो लाग्छ ।

अर्का अभिनेता वरुण धवनले पनि कयौं अन्तरवार्ता तथा कुराकानीको क्रममा आफ्ना साथीभाईका बारेमा गोप्य कुरा बताएका छन् । उनलाई पनि गसिप गर्न एकदमै मन पर्छ । त्यस्तै रणवीर सिंह फिल्म सँगसँगै कलाकारका निजी जीवनका बारेमा पनि एकदमै जिज्ञासु हुन्छन् ।

अभिनेता रणवीर कपूर अहिलेसम्म कुनै पनि सामाजिक सञ्जालमा छैनन् । तर पनि उनी गोप्य अकाउन्ट तथा स्रोतबाट सबैको खबर राख्ने गर्छन् । एक कार्यक्रममा उनकी साथी अभिनेत्री अनुष्का शर्माले भनेकी थिइन्, ‘रणवीरलाई अरुले के औषधि खान्छन् लगायत साना साना कुरामा जिज्ञासा हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved