गोप्य कागजात मुद्दामा पाकिस्तानी पूर्व प्रधानमन्त्री खानको हिरासत समय थप लम्बाइयो

नेपालभ्युज

गोप्य कागजात मुद्दामा पाकिस्तानी पूर्व प्रधानमन्त्री खानको हिरासत समय थप लम्बाइयो

पाकिस्तान । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मंगलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ ।

एक कुटनीतिक दस्तावेजमा उल्लेख गरिएको गोप्य कागजात पूर्व प्रधानमन्त्री खानले लुकाएको भन्दै उनिविरुद्ध मुद्दा दर्ता भएको छ । विशेष अदालतबाट जारी एक सूचनामा भनिएको छ, “खान र कुरेशीको न्यायिक हिरासत १० अक्टोबरसम्म लम्ब्याइएको छ ।”

पीटीआईका अनुसार यसमा खानलाई पदच्युत गर्ने अमेरिकी धम्की थियो । तोशाखाना प्रकरणको तीन वर्षको जेल सजाय निलम्बित भएपछि पीटीआईका अध्यक्षलाई कुटनीतिक दस्तावेज प्रकरणमा न्यायिक हिरासतमा राखिएको पाकिस्तानी अङ्ग्रेजी पत्रिका ‘डन’ले जनाएको छ ।

इमरानको विशेष अदालती कारबाही ‘सुरक्षाको कारण देखाउँदै’ अट्टक जेलमा भइरहेको कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।  सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved