महालेखा परीक्षकको भूमिकामाथि राजेन्द्र लिङ्देनको प्रश्न

नेपालभ्युज

महालेखा परीक्षकको भूमिकामाथि राजेन्द्र लिङ्देनको प्रश्न
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महालेखा परीक्षकको भूमिकामाथि प्रश्न उठाएका छन् ।

सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अध्यक्ष लिङ्देनले महालेखा परीक्षकको भूमिकामाथि प्रश्न उठाएका हुन्।

महालेखा परीक्षकहरूले अंकमा बेरुजु देखाउने मात्रै नभएर संस्थालाई जवाफदेही पनि बनाउनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले हरेक वर्ष उच्चरूपमा बेरुजु बढ्नुको प्रमुख कारणसमेत महालेखापरीक्षकले छुट्याउन आवश्यक रहेकोमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved