के शाहरुख खानलाई गोविन्दाले मन पराउँदैनन् ?

नेपालभ्युज

के शाहरुख खानलाई गोविन्दाले मन पराउँदैनन् ?

एजेन्सी । बलिउड अभिनेता गोविन्दा र शाहरुख खानबीच लामो समयदेखि शितयुद्ध चल्दै आएको छ । अहिलेसम्म फिल्मी करिअरमा गोविन्दा र शाहरुखबीच कहिल्यै पनि मेलमिलाप भएको छैन ।

गोविन्दा ९० को दशकका चर्चित सुपरस्टार थिए, जबकी त्यतिबेला शाहरुखले करिअरको सुरुआत गरिरहेका थिए । गोविन्दा त्यति उचाईंमा पुगिसकेका थिए कि अन्य सुपरस्टारलाई झट्का लागेको थियो ।

शायद यही कारणले शाहरुख कहिल्यै पनि गोविन्दासँग कुराकानी गर्दैनथे । गोविन्दाले त्यतिबेला धेरै ब्लकबस्टर फिल्म छोडेका थिए । शाहरुख खानले तिनै फिल्ममा काम गरेर नाम कमाए ।

शाहरुख खानले एकपटक गोविन्दालाई लिएर प्रतिक्रिया पनि दिएका थिए । त्यसबेला शाहरुखले गोविन्दाले कहिल्यै पनि राम्रो काम गरेका छैनन् सम्म भनेका थिए ।

उनको यो बयानले तहल्का मच्चाएको थियो । यस्तै कारणले होला उनीहरुबीच अहिलेसम्म पनि राम्रो सम्बन्ध हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved