डिसहोममा नयाँ नेपाली फिल्मको मेला, सुपरहिट चलचित्र झिंगेदाउ प्रदर्शनमा

नेपालभ्युज

डिसहोममा नयाँ नेपाली फिल्मको मेला, सुपरहिट चलचित्र झिंगेदाउ प्रदर्शनमा

काठमाडौं । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिसहोममा प्रदर्शन भइरहेको छ । विभिन्न कारणबस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अब डिसहोममार्फत सपरिवार एकैसाथ बसेर हेर्न सक्नुहुनेछ ।

अहिले केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र भिंmगेदाउ डिसहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज ५ गतेदेखि प्रदर्शन भइरहेको छ ।

छक्का पञ्जा ४, प्रकाश, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिसहोम सिनेमाघरको साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् ।

सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिसहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोबाईलवाट म्यासेज पठाएर चलचित्र हेर्न सकिन्छ ।

यस्तै डिसहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससंगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved