संसारका ‘उत्कृष्ट पचास’ होटलमा नेपालबाट कुनै परेन

सूचीको पहिलो स्थानमा इटालीको पासालाक्वा भिल्ला परेको छ । यो होटल अठारौं शताब्दिका इटालियन ‘मेलोडी किङ’ भिन्सेन्जो बेलिनोको घरको ‘रेट्रोफिटिङ’ हो । यो मोल्ट्रासियो नगरपालिकाको कोमो ताल किनारमा छ ।

संसारका ‘उत्कृष्ट पचास’ होटलमा नेपालबाट कुनै परेन

एजेन्सी । लन्डन स्थिति एक संस्था ‘फिप्टी बेष्ट अर्गानाइजेसन्स’ ले संसारका सबैभन्दा राम्रा ५० होटलको सूची घोषणा गरेको छ । दूर्भाग्यको कुरा– त्यसमा नेपालबाट कुनै पनि होटल परेका छैनन् ।

सूचीको पहिलो स्थानमा इटालीको पासालाक्वा भिल्ला परेको छ । यो होटल अठारौं शताब्दिका इटालियन ‘मेलोडी किङ’ भिन्सेन्जो बेलिनोको घरको ‘रेट्रोफिटिङ’ हो । यो मोल्ट्रासियो नगरपालिकाको कोमो ताल किनारमा छ । यो होटलमा एक रात बिताउन न्यूनतम् १३०० डलर पर्छ ।

दोस्रो स्थानमा भने हङकङको ‘रोजउड हङकङ’ परेको छ । त्यसै गरी हङकङकै द अपर हाउस चौथो स्थानमा छ। तेस्रो स्थानमा भने थाइल्याण्डको फोर सिजन बैंकक छ । सूची ५८० विश्व पर्यटकको गोप्य मतदानबाट छनोट गरिएको बताइएको छ ।

५० भित्र १८ वटा होटल एशियाली देशका छन् । दक्षिण एशियाबाट सबैभन्दा धेरै मालदिभ्सबाट २ होटल सूचीमा परेका छन् । त्यहाँका सोनेभा फुसी ७ औं र सोनेभा जानी ३६ औं नम्बरमा छन् । श्रीलंकाबाट १ मात्र होटल अमन गाला ३८ औं नम्बरमा छ भने भारतबाट द ओबरोय अमरभिलास ४५ औं नम्बरमा छ ।

सिंगापुरबाट राफेल्स सिंगापुर र चापेल सिंगापुर १७ औं र २८ औं स्थानमा छन् । थाइल्याण्डबाट म्यानरिन बैंकक १० औं, चापेल बैंकक ११ औ र द सियाम ४२ औं स्थानमा छन् । पहिलो स्थानको पासालाक्वासँगै इटालीबाट ५ होटल फोर सिजन फायरन्जे ९ औं, अमन भेनिस १४ औं, ले सेरिनस २० औं बोर्गो इन्जाजियो २१ औं स्थानमा छन्।

अमेरिकाबाट दुईवटा मात्रै होटल यो सूचीमा अटाएका छन् । यूरोपेली देशका २२ वटा होटल ‘टप फिप्टी’ भित्र सूचीकृत छन् । सबैभन्दा धेरै फ्रान्सबाट ६ वटा होटल परेका छन् । अफ्रिका महादेशबाट एक मात्र दक्षिण अफ्रिकाको सिंगिता लज १५ औं स्थानमा परेको छ ।

शहरका दृष्टिकोणले पेरिस, लन्डन र बैंककका ४-४ होटल छन् । अष्ट्रेलियाबाट पनि एक मात्र द क्यालिले १२ औं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved