डिसहोमको दशैं-तिहार अफर : हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार

नेपालभ्युज

डिसहोमको दशैं-तिहार अफर : हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार

काठमाडौं। नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिसहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख रुपैयाँ, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । डिसहोमका प्रवक्ता रजत थापा भने, “रमाइलो दशैं तिहार चाडपर्वमा बर्षौ देखि हामीलाई साथ दिइरहनु भएका हाम्रा ग्राहकहर समक्ष उत्कृष्ट मनोरञ्जन प्रदान गर्दै सुपरस्टार बन्ने रोमाञ्चक मौका प्रदान गर्न पाउँदा हामी उत्साहित छौँ । हामी आशा गर्छौ कि यो अभियानले उहाँहरूको पर्वमा थप चमक थप्नेछ ।”

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिसहोमको आधिकारीक फेसबुक पेज र नेसनल टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण गरिनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान आश्विन १, २०८० देखि सीमित अवधिको लागि नेपालभर लागू हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved