घट्यो युरो र पाउन्डको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

घट्यो युरो र पाउन्डको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज युरो र पाउन्डको मूल्य घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसामा झरेको छ । हिजो युरो एकको खरिद दर १४२ रुपैयाँ ३१  पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसामा कारोबार भएको थियो ।

त्यस्तै बेलायती पाउन्ड एकको खरिद दर १६३ रुपैयाँ ९६ पैसा र बिक्री दर १६४ रुपैयाँ ७१ पैसा रहेको छ  । यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved