जवानलाई ओस्कारमा लैजाने एटलीको चाहना

नेपालभ्युज

जवानलाई ओस्कारमा लैजाने एटलीको चाहना

एजेन्सी । एटली कुमार बलिउडका त्यस्ता निर्माता/ निर्देशक हुन् जसले आफ्नो दश वर्षको करिअरमा एउटा पनि फ्लप फिल्म दिएका छैनन् । शंकरदेखि रजनीकान्तसम्म एटलीले कयौं सुपरस्टारसँग काम गरेका छन् । शाहरुख खानको फिल्म ‘जवान’को सफलताले त एटलीको चर्चा झनै बढाइदिएको छ ।

एटलीद्वारा निर्देशित फिल्म ‘जवान’ले अहिले सफलताको शिखर चुमिरहेको छ । चारैतिर यही फिल्मको चर्चा छ । कथा, एक्सन तथा रोमान्स सबैलाई एटलीले एकदमै शानदार तरिकाले निर्देशन गरेका छन् । अब एटलीको एउटा चाहना फिल्मलाई ओस्कार लैजानु रहेको छ ।

एटलीले हालै गरिएको एक अन्तर्वार्तामा आफ्नो फिल्म ‘जवान’ लाई ओस्कारमा देख्न चाहेको बताएका छन् । यसबारेमा उनले शाहरुख खानसँग पनि सोध्ने बताएका छन् ।

७ सेप्टेम्बरमा रिलिज भएको जवानले तीव्र गतिमा कमाइ गर्ने पहिलो फिल्म बनेको छ । १२ दिनमा फिल्मको कमाइ करिब ५०० करोड भारतीय रुपैयाँ पुगेको हो । साथमा यसको विश्वव्यापी संकलन अहिलेसम्म ८५८ करोडसम्म पुगिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved