अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

नेपालभ्युज

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्रबैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै, आज युरो एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर १४२ रुपैयाँ ५० पैसा रहेको छ । बेलायती पाउन्डको खरिद दर १६४ रुपैयाँ ९० पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा कायम छ ।

त्यसै गरी, मंगलबार कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved