गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह

नेपालभ्युज

गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरे मात्रै देश अस्थिरताबाट जोगिने बताएका छन् ।

मंगलबार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६औं स्मृति दिवसको अवसरमा उनको सालिकमा माल्यापर्ण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकार गठन हुँदा भएको दलहरूबीचको समझदारीलाई नै सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने बताए । उनले समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताए । उनले पार्टी भित्र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आए पनि व्यक्तिगत कुरामा भन्दा केन्द्रीय समितिले गरेको निर्णय आधिकारिक हुने बताए ।

‘यो डेमोक्रेसीको विशेषता नै के हो भने खुलारूपमा हुन्छ सबै कुरा । यो सरकार गठन भएर फेरि विघटन भएर फेरि गठन हुँदा जुन दलहरूबीचको समझदारी हो त्यसलाई सबै दलले कार्यान्वयन गरेर जाँदा नै यो देशको राजनीतिक अस्थिरतालाई स्थिरतामा परिणत गर्न र समाजमा रहेका कमीकमजोरी र असन्तुष्टिलाई समेट्न सक्छौं,’ उनले भने, ‘गठबन्धन हुँदा जे समझदारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ । लाखौैं नेता र कार्यकर्ता भएको पार्टीमा कसले कुन सन्दर्भमा के बोल्छ भन्नेकुरा पार्टीको आधिकारिक धारणा हुँदैन । केन्द्रिय समिति बसेर गरेको निर्णय नै आधिकारिक हुन्छ ।’

नेता सिंहले संविधानको भावनाअनुरूप तीनै तहका सरकारले पाउने अधिकार दिएर काम अघि बढाउनुपर्ने  बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved