आर्सनलले एभर्टनलाई हराउँदा चेल्सी वर्नमाउथसँग बराबरीमा रोकियो

नेपालभ्युज

आर्सनलले एभर्टनलाई हराउँदा चेल्सी वर्नमाउथसँग बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एभर्टनलाई हराएको छ ।

गएराति भएको खेलमा आर्सनलले एभर्टनलाई १-० ले हराएको हो । खेलको एकमात्र गोल लियान्ड्रो ट्रोसार्डले ६९औं मिनेटमा गरे

जितपछि आर्सनल पाँच खेलमा चारमा जित र तिनमा हार सहित चौथो स्थानमा छ । हारेको एभर्टन पाँच खेलमा मात्र एक अंकसहित १८औं स्थानमा रहेको छ।

गएराति नै भएको अर्को खेलमा चेल्सी बराबरीमा रोकिएको छ । बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा चेल्सी र बर्नमाउथ दुवै टोलीले गोल गर्न सकेनन् । सुरुवाती समयदेखि चेल्सीले खेलमा अवसर खेर फालेको थियो ।

बराबरी पछि पाँच खेलमा एक जित र दुई बराबरी सहित पाँच अंकमा १४औं स्थानमा छ। बर्नमाउथ ३ अंक सहित १५ औँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved