एसियन पेन्ट्सले काठमाडौंमा सुरु गर्‍यो ‘ब्युटिफुल होम्स बुटिक’

नेपालभ्युज

एसियन पेन्ट्सले काठमाडौंमा सुरु गर्‍यो ‘ब्युटिफुल होम्स बुटिक’

काठमाडौं। नेपालकै सबैभन्दा ठूलो पेन्ट तथा डेकोर कम्पनी एसियन पेन्ट्स नेपालले गठ्ठाघर, काठमाडौंमा रहेको अपूर्व इन्टरनेसनल प्रालिमा आफ्नो मल्टि क्याटेगरी डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा ल्याएको छ।

‘एसियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ ले ग्राहकहरूलाई अत्याधुनिक प्राविधिकीय एकीकरणका साथ उत्कृष्ट किनमेलको अनुभव प्रदान गर्न तयार रहेको कम्पनीले जानकारी दिएको छ।

यस प्रविधिले ग्राहकहरूलाई सपनाको घर निर्माण गर्न डिजाइन, परामर्श र कार्यान्वयनको बारेमा विस्तृत अनुभव प्रदान गर्ने बतइएको छ। यो स्टोरको उद्घाटन एसियन पेन्ट्स लिमिटेडका प्रबन्ध निर्देशक तथा सीईओ अमित सिंगलले गरेका थिए।

१ हजार ६ सय वर्ग फिटमा फैलिएको यो नवीन ‘एसियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ नेपाली ग्राहकहरूका लागि आवश्यक पर्ने सम्पूर्ण डेकोरहरू एकै ठाउँमा उपलब्ध भएको सोरुम हो।

यो सोरुममा फेब्रिक्स र वाल पेपरहरूदेखि सर्वश्रेष्ठ इन्जिनियरिंङ्गका बाथरुम फिटिङहरू र स्यानिटरी सामग्रीहरू, नवीनतम पेन्ट र वाटरप्रुफिङ उत्पादनहरू, एवं अग्रगामी प्रविधिहरूको व्यवस्थापन छ जसबाट ग्राहकहरूले यी प्रोडक्टहरूको अनुभव लिन सक्नेछन्।

बुटिकको उद्घाटन समारोहमा बोल्दै निर्देशक अमित सिंगलले भने, ‘नेपाल तीव्र गतिमा बढ्दो बजार हो,जहाँ ग्राहकहरूले लक्जरी होम डेकोर उत्पादनहरू, विधिहरू र प्रोत्साहन खोजिरहेका छन् र ग्राहकहरूको यो बढ्दो चाहनालाई सम्बोधन गर्न हामीले ग्राहकहरूको भावना र तिनको घरहरूसँगको गहिरो सम्बन्धलाई सम्मान गर्दै एउटै छानामुनि सबै प्रकारका होम डेकोर सामानहरू उपलब्ध गराउने चेष्टा गरेका छौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved