सानिमा बैंकको लाभांश घोषणा, लगानीकर्तालाई नगद र बोनस कति ? 

नेपालभ्युज

सानिमा बैंकको लाभांश घोषणा, लगानीकर्तालाई नगद र बोनस कति ? 

काठमाडौं । सानिमा बैंकले आफ्नो लगानीकर्ताहरुको लागि यो वर्षको लाभांश घोषणा गरेको छ । जसमा यो वर्ष बैंकले आफ्ना सेयरधनीहरुलाई कुल १४.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको भदौ २८ गते दिउँसो ४ बजे बसेको २६१औं सञ्चालक समिति बैठकले सो दरमा लाभांश दिने निर्णय गरेको छ । गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५।७० प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकको निर्णय रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved