नेपालमा यामाहाको एफजेडएस एफआई भर्सन-३ को नयाँ अवतार सार्वजनिक

नेपालभ्युज

नेपालमा यामाहाको एफजेडएस एफआई भर्सन-३ को नयाँ अवतार सार्वजनिक

काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेडएस एफआई भर्सन-३ को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ । यो मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिस तत्व थपेको छ । एफजेड-एस एफआई भी३ उत्कृष्ट ह्यान्डलिङ र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ । फ्युल इन्जेक्सन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफजेड-एस एफआई भर्सन ३.० मा एयर-कुल्ड फोर-स्ट्रोक १४९ सीसी एसओएचसी, दुई-भल्भ, एकल-सिलिन्डर इन्धन-इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमाञ्चक गर्न अद्यावधिक गरिएको छ ।

यसबाहेक यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित रहेको कम्पनीले बताएको छ ।

एमएडब्लू इन्टरप्राइजेज टू व्हिलर डिभिजनका सीईओ राजु क्षेत्रीले एफजेड-एस भी३ धेरै मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेल भएको भन्दै नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरू सहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए ।

नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषतालाई झल्काउने उनले बताए । राइडरहरूले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिङको अनुभव पनि प्रदान गर्ने मोटरसाइकल प्राप्त गर्ने क्षेत्रीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved