आइसरद्वारा ‘स्कुल बस र सडक सुरक्षा’ अभियान सम्पन्न

नेपालभ्युज

आइसरद्वारा ‘स्कुल बस र सडक सुरक्षा’ अभियान सम्पन्न

काठमाडौं। आइसर ट्रक तथा बसद्वारा कक्षा पाँचदेखि माथिका २ सयभन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुर गोदावरीस्थित बज्र एकेडेमीमा सञ्चालित ‘स्कुल बस र सडक सुरक्षा’ सचेतना अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य बालबालिकालाई सडक सुरक्षा महत्वबारे जानकारी गराउनु रहेको थियो।

आइसर बस प्रभावशाली ४० सुरक्षा सुविधा छन्, जसमा अतिरिक्त सुरक्षाका लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्ड, द्रुत निकासीका लागि दोहोरो आपतकालीन ढोका र चिप्लो सडकमा स्थिर ब्रेकिङका लागि एन्टी–लक ब्रेकिङ प्रणालीलगायत समावेश छन्।

सुरक्षाका यी उत्कृष्ट उपाय र अन्य विभिन्न सुधारले विद्यार्थी यातायात र स्कुल बसका लागि आइसरका ट्रक र बसलाई उच्च विकल्पका रूपमा उभ्याएको छ।

सन् १९९६ देखि स्कुल बसको सुरुवात गरेको आइसर बस आफ्नो सुरक्षा सुविधा (अन्तराष्ट्रिय सुरक्षा मानक बराबर) आधुनिक डिजाइन तथा नयाँ इन्जिनियरिङका लागि चिरपरिचित छ। ४० सुरक्षा विशेषतासहित स्टेट–अफ–द–आर्ट बग्गाडमा निर्मित आइसर बस सुरक्षित तथा आरामदायक भएको कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved