महिलाले किन सिंगो फर्सी काट्दैनन् ? जान्नुहोस् कारण

नेपालभ्युज

महिलाले किन सिंगो फर्सी काट्दैनन् ? जान्नुहोस् कारण

एजेन्सी । हाम्रो देशमा विभिन्न स्थान तथा गाउँ शहरमा आआफ्नै संस्कृति तथा रितीरिवाजहरु देख्न पाइन्छ । त्यस्तै तपाईंले पनि सायद सुन्नुभएको होला वा परिवार छिमेकमा पनि यस्तो हुन्छ होला कि महिलाले पाकेको सिंगो फर्सीलाई काट्दैनन् । यसमा केही ज्योतिषको कुरा लुकेको छ वा कस्तो धार्मिक महत्व लुकेको छ ?

कयौं घरमा महिलाले पाकेको सिंगो फर्सीमा पहिला चक्कु चलाउँदैनन् । यही कारणले उनीहरुले पुरुषको सहयोग लिन्छन् । फर्सीलाई हिन्दु धर्ममा खास महत्व मानिन्छ । यो सामान्य तरकारी मात्र होइन । जसरी पशुलाई बलि दिइन्छ त्यसरी नै फर्सीलाई पनि बलि दिएको मानिन्छ ।

कतिपय स्थानमा फर्सीलाई घरको जेठो छोरो जस्तो मानिन्छ जसलाई बलि दिँदा महिलाले छोरालाई बली दिएको सरह मान्छन् । जसले गर्दा उनीहरुले सिंगो फर्सीमा पहिला चक्कु चलाउँदैनन् ।

त्यस्तै भारतको छत्तीसगढ सहित कयौं राज्यमा आदिवासी समुदायका महिलाले फर्सी काट्ने बारे सोंच्न पनि सक्दैनन् । उनीहरुबीच यति कडा परम्परा चलिरहेको पाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved