भेरीमा भेटिएको शव मेजर पण्डितकै भएको पुष्टि

भेरीमा भेटिएको शव मेजर पण्डितकै भएको पुष्टि

सुर्खेत ।  भेरी नदीमा भेटिएको शव १६ दिनदेखि वेपत्ता रहेका डोल्पास्थित नन्द बक्स ब्यारेकमा कार्यरत मेजर विमल पण्डितको रहेको पुष्टि भएको छ  ।

त्रिपुराकोट नगरपालिका–५ खदाङ स्थित भेरी नदीमा फेला परेको शव मेजर पण्डितको रहेको  प्रहरी चाैकी त्रिपुराकाेटका प्रहरी नायव निरिक्षक रुद्रबहादुर शाहीले पुष्टी गरे  ।

शव  पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा ल्याउन लागिएको उनले जानकारी दिए  । भदौ ११ गते ब्यारेकबाट एक्लै निस्किएका ३८ वर्षिय मेजर पण्डित गाडी रिजर्भ गरेर त्रिपुरा पुगेका थिए।

त्यहाँबाट उनी सम्पर्कविहीन भएका थिए । सबैतिर उनको खोजी भइरहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved