‘जवान’ले चार दिनमै कमायो ५३१ करोड

नेपालभ्युज

‘जवान’ले चार दिनमै कमायो ५३१ करोड

काठमाडौं। शाहरुख खान स्टारर ‘जवान’ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा विश्व बजारमा ५३१ करोड भारु कमाए नयाँ रेकर्ड कायम गरेको छ । फिल्मको हिन्दी संस्करणले मात्रै आइतबार (चौथो दिनसम्म) भारतीय बक्स अफिसमा २५२.०८ करोड भारु कमाएको छ ।

बिहीबार ६५.५० करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार ७१.६३ करोड भारु र तमिल र तेलुगू संस्करणमा ३४ करोड भारु कमाएको छ । यो कमाइ कुनै हिन्दी फिल्मले एकै दिनमा कमाएको सर्वाधिक रकम भएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

शाहरुखकै अघिल्लो फिल्म ‘पठान’ले २५० करोड भारु कमाउन पाँच दिन र ‘गदर २’ लाई ६ दिन लागेको थियो । तरण आदर्शका अनुसार सोमबार पनि जवानले भारतीय बक्स अफिसमा राम्रो कमाइ गर्ने संकेत मिलेको छ ।

चार दिनमै ‘जवान’ले विश्व बजारमा ५३१ करोड भारु कमाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । ‘पठान’पछि शाहरुखको अर्को फिल्मले विश्व बक्स अफिसमा ५०० करोड भारुको सफलता पाएको हो । अमेरिकामा ‘जवान’ले हलिउड फिल्महरू बार्बी र ओपेनहाइमरलाई पनि पछाडि पारेको जनाइएको छ ।

जवानले ८१३ वटा उत्तर अमेरिकी बजारबाट ६.२ मिलियन डलर कमाएको छ । एट्लीद्वारा निर्देशित ‘जवान’मा शाहरुखसहित नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण लगायतको शीर्ष भूमिका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved